बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश बागमती प्रदेश

कांग्रेसभित्र कसैलाई पक्षपात हुँदैन : महामन्त्री घिमिरे

एकढिक्का भएर १५औँ महाधिवेशनको तयारीमा लागिरहेका छौँ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २९ वैशाख, २०८३ मा प्रकाशित
कांग्रेसभित्र कसैलाई पक्षपात हुँदैन : महामन्त्री घिमिरे
चितवन, वैशाख २९ :

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कसैलाई पनि पार्टीभित्र पक्षपात नहुने बताएका छन्। आज चितवनमा पत्रकारहरूसँग उनले पार्टीभित्र परम्परागत गुट नभएको र कुनै पनि आधारमा कसैलाई पक्षपात नगरी १५औँ महाधिवेशमा जाने बताए ।

महामन्त्री घिमिरेले भने, “पार्टीभित्र मतभेद देखिन्छन् । त्यसलाई सम्बोधन गर्दै सबैलाई समेट्ने कुरामा हामी तयार रहेका छौँ । पार्टीमा अवसर, भूमिका दिने र समेट्न उदारतापूर्वक सबैको राजनीतिक भविष्यलाई सुनिश्चित राख्न हामी सचेत छौँ । हाल एकढिक्का भएर १५औँ महाधिवेशनको तयारीमा लागिरहेका छौँ ।”

हालै केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णयले पनि सबैलाई मिलाएर लैजाने कुरामा आफूहरू तयार रहेको  पुष्टि गरेको उनको भनाइ थियो । “पार्टीमा ६०–४० को र अस्वस्थ गुटबन्दीको गुनै गुञ्जायस छैन । पार्टी सबैको साझा थलो हो भन्ने कुरा स्थापित गरेर अघि बढ्छौँ”, महामन्त्री घिमिरेले भने । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार