सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

सगरमाथा र मकालु हिमाल आरोहणका क्रममा पाँच जनाको मृ*त्यु [नामसहित]

मृत्यु हुनेमा तीन नेपाली र दुई विदेशी नागरिक हुन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३० वैशाख, २०८३ मा प्रकाशित
सगरमाथा र मकालु हिमाल आरोहणका क्रममा पाँच जनाको मृ*त्यु [नामसहित]
फाइल तस्बिर ।
काठमाडौं, वैशाख ३० :

सन् २०२६ को वसन्तऋतुमा हालसम्म विभिन्न हिमाल आरोहणका क्रममा पाँच जनाको मृत्यु भएको छ ।

नेपाल पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले आज विज्ञप्ति जारी गरी सन् २०२६ को वसन्त ऋतुमा सगरमाथा र मकालु हिमालमा पाँच आरोही तथा गाइडको मृत्यु भएको जानकारी दिनुभएको छ ।

विभागका अनुसार यही वैशाख २० गतेदेखि हालसम्म पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन नेपाली र दुई विदेशी छन् । सगरमाथा क्षेत्रमा निधन हुनेमा सोलुखुम्बुका लाक्पा डेन्डी शेर्पा, विजय घिमिरे र फुर गेल्जेन शेर्पा रहेका छन् । लाक्पा सेभेन समिट, घिमिरे ट्याग नेपाल, फुर गेल्जेन काइटु एक्सपिडिसनमा आबद्ध थिए ।

यस्तै, चेक रिपब्लिकका आरोही डेभिड रुभिनेक र अमेरिकी नागरिक जोहानेसेन शेलीको पनि मृत्यु भएको छ । आइएएम ट्रेकिङ कम्पनीमार्फत गएका डेभिडको मकालु दुई र सेभेन समिटमार्फत गएका जोहानेसेनको मकालुमा निधन भएको विभागले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार