
नेपाली कांग्रेसका प्रधानमन्त्री बालेन शाह सदनमा उपस्थित नभए विरोध जारी राख्ने जनाएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा नआए विरोध जारी राख्ने बताएका हुन् । राईले प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने र नभए विरोध जारी रहने बताएका हुन् ।
देशको कार्यकारी प्रमुखले सदन जस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद मात्र होइन, संसदीय अभ्यास प्रतिको उदासीनताप्रति होइन ? अझ दुःखको कुरा सत्तापक्षका सदस्यहरू त्यसलाई सामान्य बनाउने प्रयत्न गरिराख्नुभएको छ।
देश भित्रै रहनुभएको संसद् भवनबाट केही सय मिटर दूरीमा कार्यालय रहेको प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराइयोस् भनेर हाम्रो आग्रह मात्र थियो ।’
नीति तथा कार्यक्रम भनेको सरकारले आगामी एक वर्षको दिशा, प्राथमिकता र कार्ययोजना भएको बताए ।
उनले थपे, ‘संविधानको धारा ७६ (१०) अनुसार सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसद्प्रति उत्तरदायी बनाउन चाहन्छौँ। तर आज दुई तिहाइ नजिकको संस्थाको आडमा सांसदहरूलाई नै कमजोर बनाउने प्रयास भइरहेको अनुभूति भइरहेको छ। प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रको लागि शुभ सङ्केत होइन ।’
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन भूमिका खेल्नुपर्ने उनले बताए ।
उनले सभामुखलाई भने, ‘तपाईँ हाम्रो अभिभावक हो, संसद्को संरक्षक हो। यस विषयमा हजुर गम्भीर बन्नुपर्छ भन्ने विश्वास छ।
यदि प्रधानमन्त्रीज्यू अनुपस्थित हुनुभयो भने हाम्रो विरोध जारी रहनेछ राईले भने ।