बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

आयोगको अध्यक्षसहित चार सदस्यका लागि आवेदन आह्वान गर्ने छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३१ वैशाख, २०८३ मा प्रकाशित
विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै
काठमाडौं, वैशाख ३१ :

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ ।

 सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी अध्यादेश जारी भएसँगै आयोगका पदाधिकारी पदमुक्त भएका थिए । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गर्नुभएको हो ।

मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन भएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जाविज्ञ सतिषनारायण जोशी सदस्य हुनुहुन्छ ।

अब आयोगको अध्यक्षसहित चार सदस्यका लागि आवेदन आह्वान गर्ने छ ।  यसका लागि १५ दिने सूचना जारी गरिने उक्त मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार