शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

नीति कार्यक्रममाथिको छलफल : विपक्षीको आलोचना, सत्तापक्षबाट बचाउ

समृद्ध नेपाल सुखी नेपालीको विषय हटाएकोमा एमालेको आपत्ति
· बिहीबार, ३१ वैशाख, २०८३ मा प्रकाशित
नीति कार्यक्रममाथिको छलफल : विपक्षीको आलोचना, सत्तापक्षबाट बचाउ
काठमाडौं, वैशाख ३१ :

सरकारले ल्याएको नीति तथा कार्यक्रमका विषयवस्तुप्रति विपक्षी दलका सांसदहरुले आलोचना गरेका छन् भने सत्तारुद्ध दलका सांसदहरुले नीति तथा कार्यक्रमको बचाउ गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बिहीबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा विपक्षी दलका सांसदहरुले सरकारको नीति तथा कार्यक्रम परम्पराबादी भएको टिप्पणी गरेका छन् । त्यस्तै सत्तारुढ दलका सांसदहरुले भने मुलुकको मुहार परिवर्तन गर्ने गरि सरकारको कार्यक्रम आएको जनाएका हुन् ।

छलफलमा भाग लिदै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले प्रजातन्त्रको मूल्यमान्यता बिपरित अघि नबढ्न सरकारलाई सुझाव दिए । उनले सरकारको कार्यक्रममा केही राम्रा कार्यक्रम रहेपछि अधिकांश पुरानै कुरा दोहरिएको र परम्पराभन्दा माथि उठ्न नसकेको धारणा राखे । सांसद केसीले संसद्को बहुमतमात्रै अन्तिम होइन भन्ने हेक्का राख्न सुझाव समेत दिए।

त्यस्तै नेकपा एमालेकी सांसद पद्मा अर्यालले सरकारको नीति र कार्यक्रम स्पष्ट नरहेको बताइन् । नीति तथा कार्यक्रम राष्ट्रकै दस्तावेज भएकाले यसप्रति टिप्पणी गर्नु विरोध नभइ राष्ट्रप्रतिको जिम्मेवारी भएको उनको भनाइ छ । उनले समृद्ध नेपाल सुखी नेपालीको विषयलाई कार्यक्रमबाट झिक्नु उचित नभएको उल्लेख गरिन् ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकारको नीति कार्यक्रममा समाजबादउम्मुख अर्थतन्त्रको विषय मौन रहेको बताइन् । उनले सरकारको कार्यक्रमलाई दिशाहीन नबनाउन समेत आग्रह गरे ।

छलफलका क्रममा सत्तारुढ दल रास्वपाका सांसद विपिन कुमार आचार्यले नीति तथा कार्यक्रम निकै राम्रो रहेकाले यसलाई थप उत्कृष्ठ बनाउनुपर्ने बताए । उनले नीति निर्माणका लागि सांसदहरुको भूमिकालाई समेत प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।

त्यस्तै सांसदहरुले संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार