सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

नीति तथा कार्यक्रमका राम्रा कुरामा कांग्रेसले सहयोगी भूमिका निर्वाह गर्छ : सभापति थापा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १ जेठ, २०८३ मा प्रकाशित
नीति तथा कार्यक्रमका राम्रा कुरामा कांग्रेसले सहयोगी भूमिका निर्वाह गर्छ : सभापति थापा
काठमाडौं, जेठ १ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएका राम्रा विषयलाई अघि बढाउन कांग्रेसले सहयोगी भूमिका निर्वाह गर्ने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले सरकारको नीति तथा कार्यक्रममा युवा लक्षित राम्रा कुराहरु आएको भन्दै त्यसलाई अघि बढाउन पार्टीले सहयोगी भूमिका निर्वाह गर्ने बताए । 

विदेशबाट फर्किएकाहरुको सीपलाई स्वदेशमा नै परिचालन गर्न सरकारले केही गर्न खोजेको जस्तो देखिएको उनले बताए । सभापति थापाले सरकारले अघि सारेका राम्रा काममा साझा धारणा बनाएर जाने कोशीस गर्ने धारणा पनि राखे । त्यस्तै उनले कुनै पनि कुरा एकैपटक नहुने भन्दै परिवर्तनका लागि सिस्टमबाटै नीति नियम कानून बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार