शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश कोसी प्रदेश

कामीरिता शेर्पाद्वारा ३२औं पटक सगरमाथा आरोहण , आफ्नै रेकर्ड तोडे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३ जेठ, २०८३ मा प्रकाशित
कामीरिता शेर्पाद्वारा ३२औं पटक सगरमाथा आरोहण , आफ्नै रेकर्ड तोडे
काठमाडौं, जेठ ३ :

‘एभरेस्ट म्यान’ को नामले सुपरिचित नेपाली पर्वतारोही कामीरिता शेर्पाले ३२औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् । योसँगै उनले आफैंले बनाएको विश्व कीर्तिमान तोडेका छन्।

५६ वर्षीय शेर्पाले आज बिहान १०:१२ बजे शिखरमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानलाई अझ बलियो बनाएका छन्। यसअघि उनले २०८२ जेठ १३ गते सगरमाथाको सफल आरोहण गरेका थिए ।

सोलुखुम्बुको थामेका कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।  उनले पटकपटक आफ्नै रेकर्ड तोड्दै आइरहेका छन् । उनले तीन दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा उच्च हिमाली क्षेत्रमा आफ्नो दक्षता, धैर्य र अनुभव प्रदर्शन गर्दै आएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार