मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

प्रधानमन्त्री बालेन्द्र साहले नियतवश नै संसद्को उपेक्षा गरे : प्रदीप पौडेल

सरकारको गतिविधिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रणालीमाथि नै जोखिम
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३ जेठ, २०८३ मा प्रकाशित
प्रधानमन्त्री बालेन्द्र साहले नियतवश नै संसद्को उपेक्षा गरे : प्रदीप पौडेल
फाइल तस्बिर ।
काठमाडौं, जेठ ३ :

कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र साहले संसदको उपेक्षा गरेको आरोप लगाएका छन् । प्रजातान्त्रिक विचार समाज, नेपालको साधारण सभामा बोल्दै उनले अपरिपक्वताका कारण नभई प्रधानमन्त्रीले नियतवश नै संसद्को उपेक्षा गरेको उनको भनाइ थियो । प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्नेमा उनले जोड दिए । पौडेलले कतान्त्रिक मूल्य र विधिको रक्षा गर्न कांग्रेस पछि नहट्ने बताए ।

उनले वर्तमान सरकारको गतिविधिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रणालीमाथि नै जोखिम बढाएको बताए । ठूलो जनविश्वासका साथ बनेको सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्न थालेको र यसले नागरिकमा निराशा बढाउँदै व्यवस्था परिवर्तनकै खतरनाक सोच विकसित हुनसक्ने उनको भनाइ छ ।

महामन्त्री पौडेलले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र विशेष अनुसन्धान जस्ता निकायहरूलाई प्रधानमन्त्री केन्द्रित बनाएर शक्तिको अत्यधिक केन्द्रीकरण गरेको आरोप समेत बताए । संवैधानिक परिषद्मा ३ जनाले बहुमत पुग्ने संरचना बनाएको र यस्तो अभ्यास विश्वमै दुर्लभ रहेको उनको दाबी छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार