शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन एमालेले बाटो खोलिदियो

पूर्वउपाध्यक्ष भण्डारीले एमाले हाँक्न सक्लिन्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ४ जेठ, २०८३ मा प्रकाशित
पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन एमालेले बाटो खोलिदियो
फाइल तस्बिर ।
काठमाडौं, जेठ ४ :

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यतालाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

 गत वर्ष साउन ५ र ६ मा बसेको केन्द्रीय कमिटीले भण्डारीको सदस्यता ‘पेन्डिङ’राखेको थियो । त्यतिबेला भण्डारीले सदस्यता नवीकरण गरेको भने पनि  केन्द्रीय कमिटीले त्यसलाई मान्यता दिएको थिएन ।  

राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतिमा आउने उनको चाहनालाई लिएर एमालेका नेताहरु नै दुई पक्षमा विभाजित हुँदा पार्टीभित्र विवाद चुलिएको थियो । गत वर्ष साउन ५ र ६ को केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन नहुने निष्कर्ष निकालेको थियो । एक दिनअघि भएको ३३ औं मदन-आश्रित स्मृति दिवस कार्यक्रमको प्रमुख अतिथि बनाएर एमालेले उनको राजनीतिक सक्रियता प्रस्टयाएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार