शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा #मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा
समाचार

योग्य कामदारलाई बेवास्ता गरी नयाँ भर्ना लिन खोजिएकोमा युवाहरुको विरोध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ जेठ, २०८३ मा प्रकाशित
योग्य कामदारलाई बेवास्ता गरी नयाँ भर्ना लिन खोजिएकोमा युवाहरुको विरोध
काठमाडौं, जेठ ५ :

इजरायलमा रोजगारीका लागि विगत दुई वर्षदेखि सम्पूर्ण प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेकाहरुलाई प्राथमिकता दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेकाहरुलाई बेवास्ता गरी नयाँ भर्ना लिन खोजिएकोप्रति आपत्ति जनाउदै प्रक्रिया पूरा गरेका युवाहरुले मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले इजरायल रोजगारी खोल्दा नयाँ भर्ना भन्दा पनि पहिले नै सम्पूर्ण प्रक्रिया पूरा गरी प्रतीक्षामा रहेका योग्य कामदारहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने माग गरेका छन् ।

उनीहरुले के हामी योग्य होइन र सरकार?, हामी योग्य उम्मेदवारहरुलाई प्राथमिकता दे सरकार लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएका युवाहरुले आफूहरुको मागलाई गम्भीरतापूर्वक लिन सरकारसंग आग्रह गरेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार