बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश शिक्षा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ जेठ, २०८३ मा प्रकाशित
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन
महेन्द्रनगर, जेठ ५ :

खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाले आवदेन दिएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयका कार्यरत प्राध्यापकदेखि मुलुकका विभिन्न शैक्षिक संस्थामा कार्यरतदेखि सेवा निवृत्त कर्मचारीले उपकुलपतिका लागि आवेदन दिएका छन् । गत वैशाख २५ गते विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको थियो ।

सरकारले अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि हाल सुदूरपश्चिम विश्वविद्यालयमा दैनिक कार्य सञ्चालन गर्न खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति नभएसम्म उपकुलपतिको जिम्मेवारी प्राध्यापक यज्ञराज पाठकलाई दिइएको छ । पाठक सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार हुन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि एक महिलासहित १९ जनाले आवेदन दिएका छन् । सचिवालयका अनुसार मुलुकका आठ वटा विश्वविद्यालयको उपकुलपतिका लागि २०० भन्दा बढी आवेदन परेका छन् । आजदेखि नियुक्त प्रक्रियाको काम आरम्भ भइसकेको सचिवालयले जनाएको छ ।

प्रारम्भिक मूल्याङ्कन गरी उच्च अङ्क प्राप्त गर्ने दश जनाको ‘सर्ट लिस्ट’ सार्वजनिक गर्ने तयारी छ । विसं २०६७ मा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएपछि सुदूरपश्चिमका नागरिकले न्यून शुल्कमा प्राविधिक शिक्षादेखि विद्यावारिधिसम्म घरआँगनमै अध्ययन गर्न पाएका छन् । विश्वविद्यालयको स्थापनापछि उच्च शिक्षा, प्राविधिक शिक्षा र विद्यावारिधिका लागि अन्यत्र जानुपर्ने बाध्यता सुदूरपश्चिमवासीका लागि हटेको छ ।

सुदूरपश्चिम विश्वविद्यालको महेन्द्रनगरमा केन्द्रीय क्याम्पससहित यहाँका नौ वटै जिल्लामा गरेर १६ क्याम्पस आङ्गिक क्याम्पस सञ्चालनमा रहेको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी नवीन बमले जानकारी दिए । सम्बन्धन प्राप्त निजी र सामुदायिक गरी अन्य प्रदेश (सुदूरपश्चिम र कोशी प्रदेशबाहेक) ३१ वटा क्याम्पस पनि सञ्चालनमा रहेको विश्वविद्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार