बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ जेठ, २०८३ मा प्रकाशित
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ
काठमाडौै, जेठ ५ :

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश शर्मालाई शपथ गराएका हुन् । प्रधानन्यायाधीश शर्माले आजै पदभार ग्रहण गर्नेछन् । संसदीय सुनुवाइ समितिले आजै उनको नाम सर्वसम्मत अनुमोदन गरेको थियो  ।

संवैधानिक परिषद्ले  न्याय परिषद्ले पठाएका ६ जनाको नाम मध्ये  सरकारले चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो । संवैधानिक परिषद्ले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरे देखिनै नेपाल बार एसोसिएसनले विरोध जनाउँदै आएको छ। सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल वरीयताक्रममा प्रधानन्यायाधीश हुने आकांक्षी थिइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार