सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

निर्वाचनसँग सम्बन्धित दुईवटा विधेयक प्रतिनिधसभामा प्रस्तुत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ जेठ, २०८३ मा प्रकाशित
निर्वाचनसँग सम्बन्धित दुईवटा विधेयक प्रतिनिधसभामा प्रस्तुत
काठमाडौं, जेठ ६ :

सरकारले निर्वाचनसँग सम्बन्धित दुई वटा विधेयक प्रतिनिधसभामा प्रस्तुत गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन(पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली(पहिलो संशोधन) विधेयक २०८३ प्रस्तुत गरिएको हो ।

बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले उक्त विधेयकहरु प्रस्तुत गरेकी हुन्।

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले प्रतिनिधिसभाको कार्यकाल पूरा हुनुअगावै प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भएको अवस्थामा निर्वाचनको प्रयोजनको लागि मतदाता नामावली सङ्कलन, दर्ता तथा त्यसको अद्यावधिक गर्न सक्नेगरी ल्याएको अध्यादेश बमोजिमका व्यवस्थालार्ई प्रतिस्थापन विधेयकमार्फत कायम राख्न मतदाता नामावली सम्बन्धी विधेयक ल्याइएको जानकारी दिइन् ।

त्यस्तै जनसंख्याको प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु तथा मुस्लिम जनसंख्याको आधारमा प्रतिशत कायम गर्न प्रतिनिधिसभा सदस्य निर्वाचनस्म्बधी विधेयक ल्याइएको मन्त्री गौतमले बताइन् । प्रतिनिधसभाको अर्को बैठक जेठ ७ गते बिहिबार बोलाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार