बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

सरकारलाई सदनप्रति जवाफदेही बनाउन निलम्बन हुन पनि तयार छौं : हर्क साम्पाङ

गैरजिम्मेवार सरकारको मूल्याङ्कन जनताले गर्नेछन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ जेठ, २०८३ मा प्रकाशित
सरकारलाई सदनप्रति जवाफदेही बनाउन निलम्बन हुन पनि तयार छौं : हर्क साम्पाङ
काठमाडौं, जेठ ६ :

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरु निलम्बन हुन पनि तयार रहेको बताएका छन्।

बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरुको विरोध आगामी दिनमा पनि निरन्तर हुने भन्दै विरोध गरेकै कारण आफूहरु निलम्वन हुन पनि तयार रहेको बताएका हुन् । 

सरकारलाई प्रश्न गर्न नदिने गरी सभामुखले गरेको रुलिङको समेत आफूहरुको विरोध रहेको उनले बताए । उनले सार्वभौम संसद र संसदको विधि–विधानका लागि निलम्बन हुन तयार रहेको धारणा राखे ।

सुकुम्वासी, लिपुलेक, विदेशी ऋण लगाएत आफूहरुका धेरै प्रश्नको जवाफ नआएकाले विरोध जनाउनुपरेको उनले बताए । उनले जनताको प्रश्नको उत्तर नदिने गैरजिम्मेवार सरकारको मूल्याङ्कन जनताले गर्ने उल्लेख गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार