काठमाडौं, जेठ ७ :

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले बैठक आजै १५ मिनेटपछि बस्नेगरी  स्थगित गरेका हुन् । विपक्षी दलहरूले नीति तथा कार्यक्रमदेखि निरन्तर संसद्मा प्रधानमन्त्रीको खोजी गर्दै प्रदर्शन गर्दै आएका छन् ।

बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

प्रधनमन्त्री शाह उपस्थित नभएपछि सभामुख अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।