बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति शिक्षा सूचना-प्रविधि

नेपाललाई ‘टेक हब’को रूपमा अघि बढाइने : सञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारको कुनै मनसाय छैन ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ८ जेठ, २०८३ मा प्रकाशित
नेपाललाई ‘टेक हब’को रूपमा अघि बढाइने : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं, जेठ ८ :

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाललाई टेक हबको रूपमा अघि बढाइने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री तिमिल्सिनाले डिजिटल पार्क, उच्च क्षमताका डाटा सेन्टर र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई टेक हबको रूपमा अघि बढाइने गरी सरकारले काम गरिरहेको बताए । उनले गैरआवासीय नेपाली र डायस्पोराको सूचना प्रविधि क्षेत्रमा लगानी आकर्षित गर्न सरकारले सहजीकरण गर्ने बताए ।

सञ्चारमन्त्री तिमिल्सिनाले दुर्गमदेखि सहरी क्षेत्रसम्म भरपर्दो, गुणस्तरीय र पहुँचयोग्य दूरसञ्चार सेवा विस्तार गर्नु सरकारको प्राथमिकता रहेको बताए । उनले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारको कुनै मनसाय नरहेको उल्लेख गरे ।

बैठकमा समिति सदस्यहरुले सूचना प्रविधि क्षेत्रका लागि पर्याप्त नदेखिएको र कानुन संशोधन आवश्यक रहेको धारणा राखेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार