बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार स्वास्थ्य

जगत्गुरु शङ्कराचार्य श्री श्री विधुशेखर भारती महास्वामीद्वारा नवनिर्मित बाल अस्पताल भवनको उद्घाटन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ९ जेठ, २०८३ मा प्रकाशित
जगत्गुरु शङ्कराचार्य श्री श्री विधुशेखर भारती महास्वामीद्वारा नवनिर्मित बाल अस्पताल भवनको उद्घाटन
काठमाडौं, जेठ ९ :

जगत्गुरु शङ्कराचार्य श्री श्री विधुशेखर भारती महास्वामीले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) अन्तर्गत निर्माण गरिएको बाल अस्पताल भवनको उद्घाटन गरेका छन्। बुढानीलकण्ठ नगरपालिका–७, हेपाली हाइटस्थित अस्पताल परिसरमा आयोजित विशेष समारोहबीच भवन समुद्घाटन गरिएको हो।

उक्त भवन समाजसेवी मीनबहादुर गुरुङ र सावित्री गुरुङ तथा पहलमान गुरुङ र सरला गुरुङको सहयोगमा निर्माण गरिएको हो। व्यवसायी मीनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी सुपरमार्केटले भवन निर्माणका लागि रु ७१ करोड ४ लाख ४२ हजार २४४ खर्च गरेको जनाएको छ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार