शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

बुद्ध दर्शन सहकारीबाट ३४ बचतकर्ताले रकम पाए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ जेठ, २०८३ मा प्रकाशित
बुद्ध दर्शन सहकारीबाट ३४ बचतकर्ताले रकम पाए
काठमाडौं, जेठ १३ :

काठमाडौँ महानगरपालिका सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सेभिङ् एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड ले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ।

महानगरपालिकाको वडा नं. ६ मा सञ्चालित उक्त सहकारीले १ लाख ५० हजार रुपैयाँसम्म बचत गरेका ७० जना बचतदाता सदस्यलाई आज विभागमा उपस्थित भई रकम फिर्ता लिन आह्वान गरेको थियो। बोलाइएका सदस्यहरूमध्ये ३४ जनाले आफ्नो बचत रकम फिर्ता लिएका हुन्।

सहकारीका उपाध्यक्ष रविन लामाले भोलि पनि फिर्ता क्रम जारी रहने भन्दै बाँकी बचतकर्तालाई पनि उपस्थित भई रकम फिर्ता लिन आग्रह गरे । काठमाडौँ महानगरपालिका सहकारी विभागको समन्वय र रोहवरमा बचत रकम फिर्ता प्रक्रिया अघि बढाइएको सहकारीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार