मुस्ताङ, जेठ १४ :

मुस्ताङको जोमसोमस्थित कालीगण्डकी तटमा निर्माण गरिएको २२ फिट अग्लो शालिग्रामको प्रतिमा धार्मिक विधिपूर्वक उद्घाटन गरिएको छ।

दक्षिण भारत, कर्नाटक राज्यस्थित प्रसिद्ध शृङ्गेरी शारदा पीठका जगत्गुरु शङ्कराचार्य श्री श्री विधुशेखर भारती महास्वामीजीले प्रतिमाको उद्घाटन गर्दै कालीगण्डकी क्षेत्र सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र भएको बताउनुभयो।

मुक्तिनाथ दर्शनका क्रममा मुस्ताङ पुग्नुभएका उहाँले शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा श्रद्धापूर्वक पूजिने भएकाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।