काठमाडौं, जेठ १४ :

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन्। आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने एक दिनअघि अर्थमन्त्री वाग्लेले राष्ट्रपति पौडेललाई भेटेर जानकारी गराएका हुन्।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा अर्थमन्त्री वाग्लेले संसद्‌मा पेस गरेको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरे। 

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोलि अपराह्न ४ बजे संसद्को संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछन्। देशमा महँगी र बेरोजगारी संख्या बढिरहेको अवस्थामा आउन लागेको बजेट कस्तो रहला भन्ने आम मानिसको चासो रहेको छ ।