काठमाडौं, जेठ १५ :

मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पारित गरेको छ। मन्त्रिपरिषद्मा पेस भएको बजेट छलफलपछि पारित भएको छ।

संसद्मा प्रस्तुत गर्नुअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मन्त्रिपरिषद् बैठकमा बजेट लगेका हुन्। अहिले अपराह्न ४ बजेपछि अर्थमन्त्री वाग्लेले दुवै सदनको संयुक्त बैठकमा बजेट पढेर सुनाउँदैछन्।