सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
खेलकुद क्रिकेट

एसियन गेम्स क्वालिफायर : नेपालद्वारा चीन २ सय २१ रनले पराजित

कुशलद्वारा एकै ओभरमा ६ छक्का प्रहार, दुई शतक बनाउने नेपालको पहिलो खेलाडी बने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ जेठ, २०८३ मा प्रकाशित
एसियन गेम्स क्वालिफायर : नेपालद्वारा चीन २ सय २१ रनले पराजित
काठमाडौं, जेठ १७ :

एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी-२० विश्वकप छनोटअन्तर्गत समूह ‘ए’को आफ्नो पहिलो खेलमा नेपालले चीनलाई २ सय २१ रनले पराजित गरेको छ।

सिंगापुरमा भएको खेलमा  टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको ३ सय १४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमा समेटियो।

नेपालका कुशल भुर्तेलले विष्फोटक शतकीय इनिङ खेल्दा कुशल मल्ल र रोहित पौडेलले अर्धशतकीय इनिङ खेलेका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालको उच्च स्कोरमा ओपनर कुशल भुर्तेलले करिअरकै उत्कृष्ट ब्याटिङ गर्दै विष्फोटक शतक बनाए। उनले ४३ बलमा ५ चौका र १६ छक्का प्रहार गर्दै १ सय २९ रन बनाएका थिए।

उनले उच्च स्कोर बनाएसँगै टी-२० अन्तर्राष्ट्रियमा २ हजार रनको कीर्तिमान समेत पूरा गरे। नेपालका लागि कुशल मल्लले ३ विकेट लिँदा सोमपाल कामीले २ तथा सन्दीप लामिछानेले २ विकेट लिए।

कुशल भुर्तेल एकै ओभरमा ६ छक्का प्रहार गर्ने नेपालका दोस्रो खेलाडी बनेका छन् । उनी  ट्वान्टी–२० अन्तर्राष्ट्रियमा दुई शतक बनाउने नेपालको पहिलो खेलाडी पनि बनेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार