काठमाडौं, जेठ १७ :

राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । निर्धारित समयभन्दा १ घण्टा ढिलो सुरु भएको बैठकमा केही सांसदहरूले आफ्ना धारणा राखे । सभाध्यक्ष नारायाण दाहालले  बैठक कार्यसूचीमा प्रवेश नै गरी स्थगित गरे ।

आजको बैठकमा  प्रधानमन्त्री एवम् गृहमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।

यसैगरी, प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३’ पनि आजै पारित गर्ने कार्यसूची रहेको थियो । दुई विधेयकमा परेका संशोधनका सम्बन्धमा सरकारसँग संवाद चलिरहेको हुँदा बैठक स्थगित गरेर सहमति खोज्ने प्रयास गरिएको छ ।