मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह

भ्रष्टाचार निर्मूल गर्न सरकार सबै हिसाबले क्रियाशील हुने बताए । 
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ जेठ, २०८३ मा प्रकाशित
बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
काठमाडौं, जेठ १७ :

प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ लिन बेथिति हटाउने र भ्रष्टाचारलाई निर्मूल गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाफमा उनले भ्रष्टाचार निमूल गर्न सरकार सबै हिसाबले क्रियाशील हुने बताए । 

सांसद बुर्लाकोटीले सरकारले पहिलो वर्षलाई सुशासनको वर्षका रूपमा लिएकामा धन्यवाद दिँदै मन्त्री र सांसदको निगरानीमा विभिन्न निकाय रहेको समेत बताएका थिए ।

सदनमा माग भएबमोजिम प्रधानमन्त्री शाह जवाफ दिन उपस्थित भएपछि सांसदले सकारात्मक रूपमा लिए पनि नियमावलीको प्रक्रियाअनुसार पूर्वतयारीको लिखित प्रश्नोत्तर हुन नसकेमा विपक्षी सांसदले ध्यानाकर्षण गराएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार