काठमाडौं, जेठ १८ :

प्रतिनिधिसभाको बैठक केहिबेर अघिबाट सुरु भएको छ । प्रधानमन्त्रीले आइतबार सदनमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले उठेर बैठकमा विरोध जनाइरहेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा भारतले मात्र होइन नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि त्यसको प्रतिनिधिसभा र राष्ट्रियसभामा विरोध छ । त्यसले राजनीतिक वृत्तमा नयाँ तरङ्ग उत्पन्न गराएको छ । प्रधानमन्त्रीले रोष्टममा उभिएर त्यसबारेमा स्पष्ट पार्नु पर्ने विपक्षी दलहरुको माग रहेको छ ।