काठमाडौं, जेठ १९ :

पटक-पटक जुट्दै र फुट्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) पुन: फुटको डिलमा उभिएको छ । 

नेता धवल शमशेर राणाको नेतृत्वको असन्तुष्ट पक्ष नयाँ दल गठन गर्ने निर्क्योलमा पुगेको छ  । आज बसेको बैठकले मलमास सकिएलगत्तै नयाँ दल गठन गर्ने निर्णय गरेको हुँदा यो दल फुट्ने करिब निश्चित जस्तै छ ।

नयाँ बन्ने पार्टीमा धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पनि सहभागी गराइने तयारी भएको छ । आजको बैठकमा पनि  प्रसाईंको उपस्थिति थियो ।

राप्रपालाई जनभावना अनुकूल अघि नबढाएको भन्दै राणाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमाथि प्रश्न उठाउँदै आएका थिए । लिङ्देनको नेतृ्त्वमा पार्टीले सही दिशा लिन नसक्ने भन्दै उनले जेठ १७ गते पार्टी परित्यागको घोषणा गरिसकेका छन्।