काठमाडौं, जेठ २० :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाएका छन् । भदौ २३ र २४ गतेको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति प्रकट गरेका हुन्। 

एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई बुधबार सम्बोधन गर्दै उनले राष्ट्रपतिले धमाधम गर्न नहुने काम गर्दै सरकारको ‘रबरस्ट्याम्प’बनेको आरोप लगाए ।

उनले भने, बडो जुक्तिकै साथ एकपछि अर्को कदमबाट लोकतन्त्र सक्ने काम भइरहेको छ, जुन कुरा नेकपा एमालेलाई मान्य छैन ।’