सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
राजनीति प्रदेश मधेस प्रदेश

भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका मधेसका पूर्वराज्यमन्त्री सिंहलाई चार वर्षको कैद फैसला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० जेठ, २०८३ मा प्रकाशित
भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका मधेसका पूर्वराज्यमन्त्री सिंहलाई चार वर्षको कैद फैसला
काठमाडौं, जेठ २० :

विशेष अदालतले मधेस प्रदेशका सांसद एवं पूर्वराज्यमन्त्री सरोजकुमार सिंहलाई चार वर्ष एक महिना कैद सुनाएको छ। जेठ ४ गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै मंगलबार सजाय निर्धारण गरेको हो। जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेशका

विशेष अदालतका न्यायाधीशहरू सुर्दशनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले ३८ लाख ५० हजार १३९  रुपैयाँ जरिवाना तिराउने पनि फैसला गरेको छ। जनता समाजवादी पार्टी नेपालका सांसद एवं मधेस प्रदेशका पूर्वराज्यमन्त्रीसमेत रहेका सिंहले संसद् विकास कोषको विकास आयोजनामा उपभोक्ता समितिबाट ३८ लाख ५० हजार ३३९ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ।

उनले आफ्ना स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत रकम आफ्नो र श्रीमतीको नाममा रहेको खातामा जम्मा गरेको अख्तियारको आरोप थियो। अख्तियारले  सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार