
नेपालले एसिसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ । मलेसियामा जारी समूह ‘डी’ अन्तर्गत बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५१ रनले हरायो । जितसँगै नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
जितका लागि एक सय १४ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा आठ विकेटको क्षतिमा ६२ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १३ रन बनाएको थियो । नेपालका लागि सिता रानामगरले सर्वाधिक ३७ रन बनाइन् । रुबिना क्षेत्रीले २४, सोनी पाख्रीनले १३ र सम्झना खड्काले १० रन बनाइन्।
बलिङमा भुटानकी छिरिङ ज्याङ्बो र सोनामले तीन तीन विकेट लिइन् रन रेटका आधारमा एक खेल अगावै अघिल्लो चरणमा पुगेको नेपालले समूहको तेस्रो तथा अन्तिम खेलमा शनिबार हङकङसँग खेल्नेछ । । १८ देशको सहभागिता रहेको प्रतियोगितामा समूह ‘डी’ नेपालसहित कतार, हङकङ र भुटान छ ।