काठमाडौं, जेठ २२ :

तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले  प्रधानमन्त्री बालेन शाहलाई प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले छानबिनको प्रक्रिया सकेर  ४५ पृष्ठको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको हो  । प्रतिवेदन अध्ययन गरेपछि गुरुङमाथि कारबाही प्रक्रिया अघि बढाउने कि पुन: गृहमन्त्रालय सुम्पने भन्ने निर्णयको अघिकार प्रधानमन्त्रीलाई रहनेछ ।

समितिले गुरुङसँग बयान लिनुका साथै सम्पत्ति विवरण केलाएर अध्ययन गर्दै उनी माथीका आरोपबारे सम्बन्धित क्षेत्रसँग पनि बुझेको थियो । सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरी हिरासतमा रहेका  व्यवसायी दीपक भट्टसँग साझेदार देखिएपछि गुरुङ विवादमा तानिएका थिए ।
विवादास्पद व्यापारीको कम्पनीमा सेयर देखिएको, सम्पत्ति विवरण सार्वजनिक गर्दा सेयर लुकाएको जस्ता विषय सार्वजनिक भएपछि गत वैशाख ९ गते गुरुङले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए ।