सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति स्वास्थ्य

शासकीय सुधारका कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेका छौं : स्वास्थ्यमन्त्री मेहता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २४ जेठ, २०८३ मा प्रकाशित
शासकीय सुधारका कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेका छौं : स्वास्थ्यमन्त्री मेहता
काठमाडौं, जेठ २४ :

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएकी छन् ।

आइतबार मन्त्रालयमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री मेहताले प्रधानमन्त्रीको निर्देशनअनुसार सरकारका प्राथमिकतामा परेका कार्यहरू कार्यान्वयनमा मन्त्रालय केन्द्रित रहेको बताइन्। उनले मन्त्रालयमा सुधार गर्नुपर्ने धेरै क्षेत्र रहेको उल्लेख गर्दै आगामी दिनमा ती कार्यलाई प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन् ।

सो अवसरमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले अस्पताल सुधार, औषधि व्यवस्थापन तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालयले विभिन्न नीतिगत सुधारका काम अघि बढाएको जानकारी दिए । 

सचिव देवकोटाले स्वास्थ्य क्षेत्रका दीर्घकालीन सुधारका लागि आवश्यक कानुनी तथा नीतिगत संरचना निर्माणलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताए । साथै आगामी आर्थिक वर्षदेखि सुधारका कार्यक्रमलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी दिए ।

कार्यक्रममा अबका दिनमा काम कारबाहीबारे नियमित जानकारी गराउन सञ्चारकर्मीसँग निरन्तर संवाद गरिने मन्त्रालयले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार