महोत्तरी, जेठ २४ :

चर्को विवादका कारण रास्वपा महोत्तरी जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । आन्तरिक विवाद झन् चर्किएपछि अधिवेशन स्थगित गरिएको हो । नगर तथा क्षेत्रीय अधिवेशनदेखि नै विवाद सुरु भएको थियो । विवाद र कुटपिटको घटनापछि जिल्ला अधिवेशनको प्रक्रिया समेत प्रभावित बनेको छ ।

अधिवेशनका बाँकी सबै कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ। क्षेत्रीय तथा नगर अधिवेशनका क्रममा उम्मेदवारी, प्रतिनिधि छनोट र नेतृत्व चयनलाई लिएर विभिन्न समूहबीच चर्को विवाद भएको थियो ।