
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलिय बैठकमा चार दलका सभापति तथा अध्यक्ष सहभागी भएका छैनन् ।
बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलमध्ये ४ दलका नेतृत्वकर्ता बैठकमा सहभागी नभएका हुन् ।
बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई सहभागी भएका छैनन् ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन भने बैठकमा सहभागी छन् ।
यसैगरी बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुनसहित नेताहरु सहभागी
संसदमा देखिएको गतिरोध तथा समसामयिक राजनीतिक बिषयमा छलफलका लागि आज सभापति लामिछानेले सर्वदलीय बैठक डाकेका हुन् । बैठक जारी छ ।