नयाँ दिल्ली, असोज २५ :

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । टाटाको गए राति मुम्बईको एक अस्पतालमा निधन भएको हो।

टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका हुन्।

झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले बिहीबार टाटा समूहका अध्यक्ष रतनको निधनमा शोक व्यक्त गर्दै एक दिन राजकीय शोकको घोषणा गरेका छन्।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्‍टि गरिने बताएका छन्।