बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

  रोशी खोलामा पानीको बहाब उच्च : बीपी राजमार्गमा सवारी आवागमन बन्द

सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीको अपिल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ जेठ, २०८३ मा प्रकाशित
  रोशी खोलामा पानीको बहाब उच्च : बीपी राजमार्गमा सवारी आवागमन बन्द
काभ्रे, जेठ २६ :

सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न १२ः३० बजेदेखि सवारी आवागमन बन्द गरिएको छ ।   रोशी खोलामा पानीको बहाब उच्च भएसँगै यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यान दिँदै रोशी खण्डमा सञ्चालन हुने सबै प्रकारका सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए ।

उनले बीपी राजमार्ग हुँदै जाने सवारीलाई जिल्लास्थित धुलिखेलमा र सिन्धुलीको सुरक्षा समितिसँग सहकार्य गरी खुर्कोट र नेपालथोकमा रोकिएको  छ ।  बेमौसमी वर्षाले  दिनानुदिन बीपी राजमार्ग अवरुद्ध हुन थालेपछि रातको समयमा गराउँदै आएको अनिश्नितकालीन बन्द पुनः लम्बिएको  छ । सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले सबैलाई अपिल गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार