शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव #प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव
राजनीति

पार्टी कुनै पनि हालतमा विभाजन हुँदैन : सभापति थापा

‘महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ जेठ, २०८३ मा प्रकाशित
पार्टी कुनै पनि हालतमा विभाजन हुँदैन : सभापति थापा
फाइल तस्बिर ।
चितवन, जेठ २६ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनका विषयमा पार्टीका नेतासँग भेट्ने र संवाद गर्ने काम भइरहेको बताएका छन् । आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टी उपसभापति विश्वप्रकाश शर्माले नेताहरूसँग कुराकानी गरिरहेको जानकारी दिए ।

संस्थापनइतर समूहका नेता पूर्णबहादुर खड्कालाई भेट नदिनुभएको हो ? भन्ने प्रश्नमा उनले पार्टीका नेतासँग भेट्ने, संवाद गर्ने काम आफू र अन्य साथीले  गरिरहेको बताए ।

पार्टी सभापति थापाले क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको बताउँदै, १४औँ महाधिवेशनको भन्दा धेरै क्रियाशील सदस्यता हुने दाबी गरे । सभापति थापाले पार्टी कुनै हालतमा विभाजन नहुने बताए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार