सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश मधेस प्रदेश

सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ जेठ, २०८३ मा प्रकाशित
सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट
प्रतीकात्मक तस्बिर ।
सप्तरी, जेठ २६ :

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आज भएको आगलागीबाट १२ वटा घर नष्ट भएका छन् । स्थानीय बुचु खङ्गको घरमा अचानक आगो लागेपछि निजसहित पाँच परिवारका ती घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो आगलागीमा सगन खङ्ग, दुखाई खङ्ग, लखन खङ्ग र नारायण खङ्गको घर जलेको स्थानीयवासी मनोज मेहताले जानकारी दिए ।

आगलागीको कारण खुलेको छैन भने यसबाट करिब  २५ लाखको क्षति भएको उनले बताए । स्थानीयवासी तथा प्रहरीले आगो नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार