सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार राजनीति

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जानुहुने

भ्रमणको आन्तरिक तयारी भइरहेको र भम्रण तालिकाबारे छिट्टै जानकारी गराइने जनाएको छ । वर्तमान सरकार गठनपछि मन्त्री खनालले हालैमात्र भारतको तीन दिने औपचारिक भ्रमण गरेका थिए ।
सक्रिय न्युज · बिहीबार, २८ जेठ, २०८३ मा प्रकाशित
परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जानुहुने
काठमाडौं, जेठ २८ :

परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने भएका छन् ।

मन्त्रालयले सो जानकारी दिँदै भ्रमणको आन्तरिक तयारी भइरहेको र भम्रण तालिकाबारे छिट्टै जानकारी गराइने जनाएको छ । वर्तमान सरकार गठनपछि मन्त्री खनालले हालैमात्र भारतको तीन दिने औपचारिक भ्रमण गरेका थिए ।

यसैगरी मन्त्रालयमा बुधबार आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा मन्त्री खनालले राष्ट्रिय हितका विषयमा सरकार, राजनीतिक दललगायत राज्यका सबै निकाय र सञ्चार क्षेत्रको पनि एकमत हुनुपर्ने बताए । साथै उनले परराष्ट्रसम्बन्धी सूचना सम्प्रेषणमा संवेदनशील हुन आग्रह गरे । मन्त्रालयमा गर्न लागेको नयाँ कार्य र सुधारका योजना बारेमा सुनाउँदै उनले विदेशस्थित नेपाली नियोगमा आवश्यकताअनुसार थप जनशक्ति र भौतिक पूर्वाधार स्तरोन्नती गर्न लागेको बताए ।  

त्यस्तै मन्त्री खनालले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई सशक्त बनाइने, लुम्बिनी फेलोसिप कार्यक्रमको सुरुआत गर्ने, भू–रणनीतिक सम्मेलन आयोजना गर्ने, राहदानीको बायोमेट्रिकमा देखिएका चुनौतीलाई समाधान गर्नेलगायत योजनाका बारेमा अवगत गराए ।

सोही अवसरमा उनले हालैको आफ्नो भारत भ्रमण प्रभावकारी र उपलब्धिमूलक भएको बताउँदै द्विपक्षीय आपसी हितका विविध विषयमा खुलेर सौहार्द्ध रूपमा भारतीय समकक्षीसँग द्विपक्षीय वार्ता भएको उल्लेख गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव अमृतबहादुर राईले वर्तमान सरकारको प्रतिबद्धताअनुसार आर्थिक समृद्धि र सुशासनका लागि मन्त्रालयले काम गरिरहेको बताए । मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयबाट भए गरेका कामका बारेमा जानकारी गराएका थिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार