बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह#संसदीय विशेष समिति#सभापति कृष्णप्रसाद पौडेल#प्रमुख निर्वाचन आयुक्त#मानबहादुर कार्की #बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह#संसदीय विशेष समिति#सभापति कृष्णप्रसाद पौडेल#प्रमुख निर्वाचन आयुक्त#मानबहादुर कार्की
राजनीति अर्थतन्त्र

‘करको सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि भए सार्वजनिक जीवन त्याग गर्छु’

‘भाइरल हुने रहरले जथाभावी लाञ्छना लगाउने काम गरे’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ जेठ, २०८३ मा प्रकाशित
‘करको सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि भए सार्वजनिक जीवन त्याग गर्छु’
काठमाडौं, जेठ २८ :

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि भए सार्वजनिक जीवन त्याग गर्ने घोषणा गरेका छन् । 
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा मन्त्री वाग्लले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोपको पुष्टि गर्न चुनौति दिदै आफुले बदमासी गरेको पुष्टि भए अर्थमन्त्री, सांसद मात्रै नभइ सार्वजनिक जीवन नै त्याग गर्ने घोषणा गरेका हुन् ।  

नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र  बदनाम गर्ने प्रयास गरेको भन्दै उनले आपत्ति जनाए । मन्त्री वाग्लेले जेठ १३ र १४ गते विद्युतीय गाडी भित्रिएको तर करका दरका विषय भने जेठ १५ गते बिहान मात्रै टुङ्गीएको जानकारी दिए ।

त्यस्तै उनले आर्थिक बिधेयकमाथिको हेरफेरको बिषयलाई समेत अनावश्यक रुपमा उछालिएको बताए । सामान्य त्रुटी सञ्चाइएको जानकारी आफैंले सांसदहरुलाई दिएको भन्दै उनले भाइरल हुने रहरले जथाभावी लाञ्छना लगाउने कामले सांसदको आफ्नो गरिमा र संसदको ओज स्खलित हुने धारणा राखे । जेठ १७ गते सांसदहरुलाई बितरण गरेपछि आफुले एउटा थोप्लो र पूर्णविराम समेत परिवर्तन नभएको उहाको भनाइ छ ।

अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकको कोलममा सामान्य हेरफेर गर्दा केही पाना घटेको विषयलाई लिएर अर्थमन्त्रीले पाना नै गायव गर्यो भन्ने जस्ता आरोप लगाइएकोप्रति समेत आपत्ति जनाए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार