बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

संसद्‍मा थपलियाले सुनाइन ‘देश बिर्सिएको दिन’ शीर्षकको कविता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ जेठ, २०८३ मा प्रकाशित
संसद्‍मा थपलियाले सुनाइन ‘देश बिर्सिएको दिन’ शीर्षकको कविता
काठमाडौं, जेठ २८ :

नेपाली कांग्रेस सांसद सीता थपलिया (उर्मिला) ले संसद्‍मा कविता वाचन गरेकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले  कविता मार्फत उनले आफ्नो धारणा व्यक्त गरेकी छन् । प्रधानमन्त्री वालेन्द्र साहप्रति कटाक्ष गर्दै उनले‘देश बिर्सिएको दिन’शीर्षकको कविता सुनाएकी हुन् ।

कवितामा उनले प्रधानमन्त्रीले देश, माटो र जनताप्रतिको जिम्मेवारी बिर्सिएको उल्लेख गरेकी छन् ।  माटो छोएर कसम खानेहरू नै पछि त्यही माटोमाथि प्रश्न गर्न थालेको उनको भनाइ छ । 

राष्ट्रियता, आफूलाई विश्वास गरेर मत दिने जनता र आफ्नो जिम्मेवारीबाट विमुख नहुन उनले प्रधानमन्त्रीलाई आग्रह गरिन् । प्रधानमन्त्री साहले रोष्टममा उभिएर नेपालले पनि भारतका धेरै सीमा मिचेको अभिव्यक्ति दिएका थिए । उनको त्यो भनाईलाई सत्तापक्ष बाहेक सबै दलले विरोध गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार