
काठमाडौं, जेठ २८ :
नेपाली कांग्रेस सांसद सीता थपलिया (उर्मिला) ले संसद्मा कविता वाचन गरेकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले कविता मार्फत उनले आफ्नो धारणा व्यक्त गरेकी छन् । प्रधानमन्त्री वालेन्द्र साहप्रति कटाक्ष गर्दै उनले‘देश बिर्सिएको दिन’शीर्षकको कविता सुनाएकी हुन् ।
कवितामा उनले प्रधानमन्त्रीले देश, माटो र जनताप्रतिको जिम्मेवारी बिर्सिएको उल्लेख गरेकी छन् । माटो छोएर कसम खानेहरू नै पछि त्यही माटोमाथि प्रश्न गर्न थालेको उनको भनाइ छ ।
राष्ट्रियता, आफूलाई विश्वास गरेर मत दिने जनता र आफ्नो जिम्मेवारीबाट विमुख नहुन उनले प्रधानमन्त्रीलाई आग्रह गरिन् । प्रधानमन्त्री साहले रोष्टममा उभिएर नेपालले पनि भारतका धेरै सीमा मिचेको अभिव्यक्ति दिएका थिए । उनको त्यो भनाईलाई सत्तापक्ष बाहेक सबै दलले विरोध गरेका छन् ।