काठमाडौं, जेठ २९ :

बीपी राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्धमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । १६ जना घाईते भएका छन् । दिउँसो बनेपाबाट रोशीतर्फ गइरहेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध-२ सेल्फीडाँडा(बुच्चाकोट)मा दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उद्दार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।