काठमाडौं, जेठ ३० :
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु दुई लाख एक हजार जरिवाना गरेको छ ।
विभागले गरेको अनुगमनका क्रममा सो क्यान्टिनमा घुन लागेको १७ किलो चनाको दाल, ओसिएको ११ किलो नेपाली बदाम र १४ वटा फुटेको अण्डा भेटिएको थियो । विभागको टोलीले रु छ हजार पाँच सय ६० बराबरका ती अखाद्य वस्तु नष्ट गरेको छ ।
उक्त क्यान्टिन जि एण्ड बि क्याफे ग्रुपले सञ्चालन गर्दै आएको थियो ।
विभागले आजै भक्तपुरको चाँगुनारायण नगरपालिका–३ स्थित जय छुमा गणेश शुद्ध खानेपानी प्रालिलाई खरिद बिल नराखेको पाइएपछि रु १० हजार जरिवाना गरेको छ । उपत्यकाका १२ वटा फर्म तथा व्यापारिक संस्थाको अनुगमन गरिएको विभागले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’