बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

प्रधानमन्त्रीको अभिव्यक्तिपछि सीमामा भारतीय हस्तक्षेप बढ्यो : हर्क साम्पाङ

विद्यार्थीको मोबाइल नष्ट गरिएको र टेम्पो भिरबाट लडाइएकोमा आपत्ति
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ असार, २०८३ मा प्रकाशित
प्रधानमन्त्रीको अभिव्यक्तिपछि सीमामा भारतीय हस्तक्षेप बढ्यो : हर्क साम्पाङ
काठमाडौं, असार १ :

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिपछि सीमामा भारतीय हस्तक्षेप बढेको आशंका व्यक्त गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अध्यक्ष राईले पछिल्लो समय सीमामा भारतीय हस्तक्षेप बढ्नुको कारण प्रधानमन्त्रीको अभिव्यक्ति हुन सक्ने बताए।

उनले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन सभामुखको ध्यानाकर्षण गराउदै प्रधानमन्त्रीले पनि संसदमा आएर जवाफ दिनुपर्ने धारणा राखे ।

सुस्तामा भारतीय सुरक्षा फौज छिरेर आतङ्कित बनाउने गतिविधिको माइतीघरमा विरोध गर्दा उनीहरुलाई पक्राउ गरेर मुद्दा दायर गर्न लागेको भन्दै उनले आपत्ति जनाए ।

सांसद राईले विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाउने र कैलालीमा टेम्पो गुल्टाउनेमाथि समेत आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन माग गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार