मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
समाचार प्रदेश लुम्बिनी प्रदेश

रुपन्देही अदालतबाट पनि रवि र जीबीको मुद्दा फिर्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ असार, २०८३ मा प्रकाशित
रुपन्देही अदालतबाट पनि रवि र जीबीको मुद्दा फिर्ता
रुपन्देही, असार १ :

जिल्ला अदालत रुपन्देहीले पनि रास्वपा सभापति रवि लामिछानेसहितका आरोपितविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ । न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत राख्दै अन्य दुई अभियोग फिर्ता लिने आदेश गरेको हो ।
यसअघि कास्की र पर्सा जिल्ला अदालतले पनि सहकारी ठगीबाहेकका अन्य अभियोगहरू फिर्ता लिइसकेका छन् ।

अदालतले आरपितहरूलाई पीडितहरूको रकम फिर्ता गर्नका लागि बाटो खुला गरिदिएको हो । रविलगायत विरुद्ध चलेका सहकारी ठगी बाहेकका अरु अभियोग फिर्ता भएका छन् । रास्वपा नेतृत्वमा सरकार गठन भएदेखि नै धमाधम मुद्दा फिर्ता लिन काम भइरहेको छ । 

सहकारी पीडितहरुको रकम फिर्ता गर्नका लागि अदालतले बाटो खुला गरिएको भए पनि अझै पीडितले आफ्नो रकम पाएका छैनन् । खाई नखाइ जम्मा गरेको रकम नपाउँदा कतिपयले त उपचार समेत गर्न पाएका छैन ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार