बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचकमा गिरावट

अधिकांश कम्पनीको सेयर मूल्य घट्यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ असार, २०८३ मा प्रकाशित
नेप्से परिसूचकमा गिरावट
काठमाडौं, असार २ :

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३१ अङ्कले ओरालो लागेर दुई हजार ७०५ दशमलव ४५ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४८ अङ्कले ओरालो लागेर ४६४ दशमलव ६४ मा सीमित भएको छ । कारोबार भएकामध्ये ८० कम्पनीको शेयर मूल्य उकालो लाग्दा १७७ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । यद्यपि, १५ कम्पनीको शेयर मूल्यमा भने  कुनै परिवर्तन आएको  छैन ।

कुल ३५५ कम्पनीको एक करोड सात लाख आठ हजार ५९६ कित्ता शेयर रु चार अर्ब चार करोड ७८ लाख ५८ हजार ८४ मूल्यमा खरिद–बिक्री भएको छ ।

कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । यस्तै, सिद्धार्थ बैङ्क, रिलायन्स स्पिनिङ मिल्स, रावा इनर्जी डेभलपमेन्ट र बुङ्गल हाइड्रो शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सोपान फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, डोल्टी पावर कम्पनी, बुङ्गल हाइड्रोपावर र मेछ्याङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।यस्तै, सयपत्री हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, एनआइएमबी डिवेञ्चर, कालिञ्चोक हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले भने गुमाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार