बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद फुटबल

उज्वेकिस्तानमाथि कोलम्बियाको जित

सक्रिय न्युज · बिहीबार, ४ असार, २०८३ मा प्रकाशित
उज्वेकिस्तानमाथि कोलम्बियाको जित
डायज
काठमाडौं, असार ४ :

कोलम्बियाले  फिफा विश्वकप फुटबलमा पहिलोपटक सहभागिता जनाएको उज्वेकिस्तानलाई पराजित गर्दै जित हासिल गरेको छ ।

मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा आज भएको खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो ।

कोलम्बियाको जितमा डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरे । यता उज्बेकिस्तानको लागि भने अब्बोसबेक फेजुल्लाएभले गोल गरे ।

कोलम्बियाका डानिएलले खेलको ४०औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ६० औँ मिनेटमा उज्वेकिस्तानका अब्बोसबेकले गोलगर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । उनी विश्वकपमा उज्वेकिस्तानका लागि गोल गर्ने पहिलो खेलाडी बने ।

उज्वेकिस्तानको १–१ गोलको बराबरीमा लामो समयसम्म टिक्न सकेन । खेलको ६५ औँ मिनेटमा कोलम्बियाका लुइसले गोलगर्दै खेललाई २–१ गोलको अग्रता दिलाए । त्यसपछि  खेलको दोस्रो हाफको अतिरिक्त समयमा जामिन्टनले गोलगर्दै कोलम्बियालाई ३–१ को जित दिलाए ।

यस जितसँगै समूह ‘के’ मा रहेको कोलम्बियाले शीर्ष तीन अङ्क बटुलेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार