बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

६ दिन ढिला गरी नेपालमा मनसुन प्रवेश

मनसुनमा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ ।
· शुक्रबार, ५ असार, २०८३ मा प्रकाशित
६ दिन ढिला गरी नेपालमा मनसुन प्रवेश
काठमाडौं, असार ५ :

नेपालमा यसवर्षको मनसुन औसत मितिभन्दा ६ दिन ढिला गरी प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीले सरदर मिति जुन १३ तारिखमा मनसुन प्रवेश गर्ने भए पनि यस वर्षको मनसुन आज असार ५ गते (जुन १९) मा औसत मितिभन्दा ६ दिन ढिला गरी प्रवेश गरेको जानकारी दिए । उनका अनुसार कोशी प्रदेशका केही भूभागमा पूवेश गरेको मनसुन अहिले निकै कमजोर रहेको छ । देशभर मनसुन फैलिन भने समय लाग्ने बताइएको छ ।

सन् १९७४ मा पनि आजकै दिन नेपालमा मनसुन प्रवेश गरेको थियो भने सन् १९८२ मा सबैभन्दा ढिलो, जुन २७ मा मनसुन आगमन भएको थियो । सन् १९८१ यता अभिलेख गरिएको मनसुनी वर्षाको विवरण अनुसार सबैभन्दा कम वर्षा सन् २०१५ मा ११६९ मिलिलिटर मात्र भएको थियो । नेपालमा मनसुन ऋतुमा औसत १३८२ मिलिलिटर वर्षा हुने गर्दछ । गत वर्ष भने मनसुन १५ दिनअघि नै प्रवेश गरेको थियो । यसपालि प्रि मनसुमा धेरै वर्षा भएको छ । मनसुनमा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार