बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो #यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो
प्रदेश बागमती प्रदेश

ऐतिहासिक सिद्धपोखरीको सौन्दर्यीकरण कार्य तीव्र

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ असार, २०८३ मा प्रकाशित
ऐतिहासिक सिद्धपोखरीको सौन्दर्यीकरण कार्य तीव्र
भक्तपुर, असार ७ :

भक्तपुरको ऐतिहासिक तथा प्रख्यात सिद्धपोखरीको स्तरोन्नति तथा सौन्दर्यीकरण कार्य तीव्र रूपमा भइरहेको छ ।

पोखरीको संरक्षण, पुनःसंरचना र सौन्दर्य अभिवृद्धिका लागि विभिन्न निर्माण तथा व्यवस्थापनका कामहरू भइरहेको सिद्धपोखरी पुनर्निर्माण उपभोक्ता समितिले जनाएको छ । निर्माण कार्यमा संलग्न अधिकांश यसअघि भक्तपुरको सिद्धपोखरी, काठमाडौँको रानीपोखरी लगायतका ऐतिहासिक पोखरीहरूको पुनर्निर्माण तथा संरक्षण कार्यमा अनुभव हासिल गरिसकेका दक्ष जनशक्ति रहेको सिद्धपोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर दुगुजुले जानकारी दिए ।

सम्पूर्ण कार्य आगामी भदौ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । उनले पुनर्निर्माणका क्रममा देखिएका बिभिन्न समस्याहरुलाई समाधान गर्दै झण्डै ५० प्रतिशत कार्य सम्पन्न भएको जानकारी दिए ।

निर्माण कार्यलाई सहज बनाउन सिद्धपोखरीको पानी हाल नजिकै रहेको भाज्यपुखुमा राखिएको छ। सिद्धपोखरीमा रहेका माछाहरूलाई पनि सुरक्षित रूपमा भाज्यपुखुमा सारिएको जनाइएको छ । १३औँ शताब्दीको सुरुतिर राजा इन्द्रदेवले निर्माण गराएको सिद्धपोखरी नेपालकै सबैभन्दा पुराना र ठूला मानव–निर्मित पोखरीहरूमध्ये एक मानिन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार