बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्

कानुनविपरीत कार्य भएको प्रमाणित भए कारबाही होस्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५४ मिनेट अगाडि प्रकाशित
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
काठमाडौं, कात्तिक १२ :

नेपाल बार एसोसिएसनले न्यायपालिकाको उच्च नेतृत्व तथा न्यायाधीशहरूको आचरणसँग सम्बन्धित विषयमा सार्वजनिक रूपमा गम्भीर प्रश्न उठेपछि त्यसलाई केवल सञ्चारमाध्यममा आएको समाचारका रूपमा मात्र सीमित राख्न उचित नहुने जनाएको छ।

हाल प्रहरी हिरासतमा रहेका  विवादित  इनम सापकोटासँग  प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरि फुयाँलको नाम जोडिएर समाचारहरु सार्वजनिक भईरहँदा बारे छानबिनको माग गरेको हो ।

बारले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पछिल्ला दिनहरूमा सर्वोच्च अदालतका न्यायाधीश र विवादित मुद्दासँग सम्बन्धित व्यक्तिबिच भएको भनिएको संवाद तथा भेटघाटसम्बन्धी विवरणले गम्भीर सार्वजनिक चासो उत्पन्न गरेको छ।’

सञ्चार माध्यममा आएको न्यायपालिकासँग सम्बन्धित अति संवेदनशील समाचारसँग सम्बन्धित पदीय व्यक्तित्वहरूले उच्च नैतिकता प्रदर्शन गर्न अपरिहार्य भएको बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।

बारले  सार्वजनिक भएका विषयको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, कानुनविपरीत कार्य भएको प्रमाणित भएमा सम्बन्धित व्यक्तिको पद वा हैसियतको परवाह नगरी कानुनबमोजिम आवश्यक कारबाही गर्न माग गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार