बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक
फाइल तस्वीर ।
काठमाडौं, कात्तिक १२ :

प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले विभिन्न सञ्चारमाध्यममा आफूसँग जोडिएर आएका समाचारहरुबाट आफू आश्चर्यमा परेको बताएका छन् ।
     
प्रधानन्यायाधीश डा शर्माले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूसँग जोडिएर आएको समाचार झुठा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यले प्रचार गरिएको उल्लेख गरे ।
    
“यसरी आधारहीन, झुठा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यबाट प्रसारित समाचारको म भत्र्सना गर्दछु”, विज्ञप्तिमा भनिएको छ, “यस्तो आधारहीन र कपोलकल्पित समाचारको भ्रममा नपर्न सम्पूर्ण जनमानसमा अनुरोधसमेत गर्दछु ।”

यसैबीच सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले आज केही सञ्चारमाध्यममा आफूसँग जोडेर गलत मनसायले जनमानसमा भ्रम छर्ने ढङ्गले समाचार  आएको भनी खण्डन गरे ।
     
न्यायाधीश फुयाँलले आज पत्रकारहरुसँग कुरा गर्दै आफूसँग जोडिएर आएको विषय झुटो र भ्रामक भएको स्पष्ट पारे ।
“स्वतन्त्र न्यायापालिकाको रक्षा र निष्पक्ष न्याय सम्पादनमा म प्रतिबद्ध छु”, न्यायाधीश फुयाँलले भने, “त्यस्तो समाचारमा कुनै सत्यता छैन, केवल दुष्प्रचार गर्ने र जनमानसमा भ्रम फैलाउने काम भएको छ ।”

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार